हल्दिबारी डटकम
Hover Ad Article
खेलकुद
हल्दिबारी संवाददाता ९ महिना अगाडि

च्याम्पियन्स लिगमा लिभरपुल, बायर्न र चेल्सीको विजयी प्रदर्शन

Advertisement

हल्दीबारी झापा । युइएफए च्याम्पियन्स लिग फुटबलअन्तर्गत गएराति भएका खेलमा लिभरपुल, बायर्न म्यूनिख र चेल्सीले शानदार जित हात पारेका छन्।

Advertisement

बुधबार राति भएको खेलमा चेल्सीले अजाक्सलाई ५–१ ले पराजित गर्दै समूह चरणमा महत्वपूर्ण तीन अंक जोड्यो। त्यस्तै, लिभरपुलले इन्ट्राख्ट फ्र्याङ्कफर्टमाथि पनि ५–१ को ठूलो जित दर्ता गर्‍यो।

त्यसैगरी बायर्न म्यूनिखले क्लब ब्रुगलाई ४–० ले पराजित गर्दै आफ्नो प्रभावशाली प्रदर्शन जारी राख्यो।

अन्य खेलहरूमा एथ्लेटिक क्लबले काराबागलाई र गालातासारेले बोडोलाई समान ३–१ ले हराए।

यसैबीच स्पोर्टिङ सिपीले मार्सेइलाई २–१ ले पराजित गर्दा, रियल म्याड्रिडले युभेन्टसविरुद्ध १–० को जित हात पारेको छ।

मोनाको र टोटनह्याम हट्स्पर तथा एटलान्टा र स्लाभिया प्रागबीचका खेल गोलरहित बराबरीमा सकिएका छन्।

गएरातिका जितसँगै यी क्लबहरूले समूह चरणमा आफ्नो स्थिति बलियो बनाएका छन् भने आगामी खेलहरूमा प्रतिस्पर्धा झनै रोमाञ्चक हुने संकेत देखिएको छ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)