हल्दिबारी डटकम
Hover Ad Article
कविता
हल्दिबारी संवाददाता ६ महिना अगाडि

कविता:”विद्रोहको आवाज”

कविता: “विद्रोहको आवाज”

Advertisement

✍️ देवेन्द्र किशोर ढुङगाना / नयाँ दिल्ली, भारत

Advertisement

मानिसहरू
मात्र रोटीका लागि लड्दैनन्,
भोक त पेटको मात्र हुँदैन—
कहिलेकाहीँ भोक
सम्मानको पनि हुन्छ,
पहिचानको पनि हुन्छ,
र मानवताको उज्यालो खोज्ने
एक गहिरो तिर्खा पनि हुन्छ।

जब
मानिसको नाम मेटिन्छ,
उसको श्रमको मूल्य हराउँछ,
उसको आवाज
सत्ताको दरबारमा सुन्ने कोही हुँदैन,
त्यस बेला
रोटीभन्दा ठूलो प्रश्न उठ्छ—
“म को हुँ?”
“म किन
अपमानित छु?”

त्यही प्रश्नको गर्भबाट
विद्रोह जन्मिन्छ।

जब किसानको पसिना
अरूको दरबार सजाउन थाल्छ,
जब मजदुरका हात
धनीका महल उठाउन थाल्छन्
तर उसका
आफ्नै घर
अँध्यारोमै डुबिरहन्छन्,
त्यस बेला
चुप लागेर
बस्न सक्दैन
मानिसको आत्माले
.मुठ्ठी उठायए
बिद्रोह गर्छ ।

किनकि
मानिस केवल शरीर होइन,
उ एक चेतना हो,
एक स्वाभिमान हो,
र एउटा इतिहास हो
जसले कहिल्यै
अपमानसँग सम्झौता गर्दैन।

जब सडकहरूमा
निराशा हिँड्न थाल्छ,
जब युवाका सपना
वैदेशिक विमानस्थलमा हराउँछन्,
जब न्याय
कागजमा मात्र सीमित हुन्छ,
त्यस बेला
आँधी आउँछ—
नाराको रूपमा,
गीतको रूपमा,
र कहिलेकाहीँ
क्रान्तिको ज्वालाको रूपमा जरूक्क उठने छ ।

किनकि
मानव मर्यादा खोसिएको समाजमा
शान्ति लामो समय टिक्दैन।
त्यहाँ चुप्पी हुन्छ,
तर त्यो चुप्पी
तुफान अघि आउने
डरलाग्दो सन्नाटा हुन्छ।

एक दिन
त्यही सन्नाटा फुट्छ
किसानका खेतबाट,
मजदुरका कारखानाबाट,
विद्यार्थीका
कलमबाट,
र आम मानिसका
थाकेका तर आशावादी आँखाबाट
बिद्रोह उठछ ।

त्यस दिन
सडकहरू बोल्छन्,
नदीहरू गर्जन्छन्,
र इतिहासले फेरि लेख्छ—
मानिसको असली
हेपिएको
कथा हुनेछ ।

त्यो कथा
हेपिएको र
रोटीको मात्र हुँदैन,
त्यो कथा
सम्मानको हुन्छ,
पहिचानको हुन्छ,
र मानिस भएर
बाँच्ने अधिकारको पनि हुने छ।

किनकि
मानिसले जब बुझ्छ
उसको अस्तित्व
कुनै सत्ताभन्दा ठूलो छ,
त्यस बेला
उसको आवाज
क्रान्ति बन्छ।

र त्यही आवाजले
भन्छ—
हामी रोटी पनि चाहन्छौं,
तर त्योभन्दा अघि
हामीलाई चाहिन्छ
मानव भएर बाँच्ने
अधिकारक़ो ग्यारेन्टी पनि हो ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)