साहित्य
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

आजको कबिता : “असल सन्तान बन्न सकिन “

 

Advertisement

ऊ त्यो छिमेकि
हाम्री आमाको संधै कपालको बखान गर्छ
झुला खेल्न काला केसराशिमा
मयूरका फिजियका पंख झैं
फिजाउन लगायर नाच्न मन छ भन्छ
उसका इशाराले यस्तै बोल्छ
मानौं
हरेक पलपलमा हाम्री आमाको
त्यो सुन्दर बदनमा गिद्दे नजर उमाल्दा
म अमुक छु
त्यसैले लाग्छ बा म असल सन्तान बन्न सकिन ।

Advertisement

बिस्वको अग्लो तपाइको शीर
अनि अस्मिताको उचाइ
मापनमा बाधा पुर्याउछ
हुन सक्छ तपाइको पहिचानको
यो पगरी लुट्ने दाउमा छ
तर,हामी यी कुनियतहरु
बदनियतहरु र प्रपन्चहरु
दुनिया सामु ओकल्न सकिरहेका छैनौ
यसैले माफ गर्नु होला म असल सन्तान बन्न सकिन ।

हाम्रा बराजुहरुले आर्जेको जमिन
खनायका कुलानालाहरु
त्यसमा रोपियका सुन्दर फूल
आफैले टिपेर शीरमा सिउरिन पायका छैनौ
काकाहरुले सम्म्याएका गर्हाहरुमा
कोदो फाफर टिमुर उमारेर चाख्न पाएका छैनौं
आफ्नै पुर्खाको रगत र पसिनाले
सिन्चित आफ्नै खर्कहरुमा
चौंरी र च्याङ्राहरु चराउन पायका छैनौ र
नरङ्गे डाफेंको मीठो बोली
निर्धक्क भएर धीत मरुन्जेल सुन्न पाएका छैनौ
पलपलको त्रासदिमा
लामो श्वास लिन नपाउदा
लाग्छ हामी जिउदै मरेका छौँ
न हाम्रो कसैले सतगत गर्छ
न कसैले पिण्ड दान गर्छ
चाहेर पनि मर्न नसकेका
बाचेंर पनि बांच्न नसकेका
मेरै दाजु भाइको बहिरोपनले
म लाचार भएर भन्न बिबस छु
बा! म असल सन्तान बन्न सकिन ।

द्रोपदिको चीर हरन जस्तै
हरेक दिन छिमेकिको सांधमा
हजारौं आमाहरु निर्बस्त्र हुन्छन
आवाज भएर पनि निस्वर बन्छन
पाइला पाइलामा श्वास अड्किन्छ
आमाको निर्बत्र शरीर हेरेर
कामदेवको पुजा गर्ने
मनदेव,नातादेव,कृपादेवको
मनोकांक्षा पुर्ती गर्ने मेरै परिवारमा
छन त्यस्ता कलंकित सन्तानहरु
फुलेको फूल टिप्नु अधिकार छ
तर,बोटै उठाएर आफ्नो गमला सजाउदा
चैते कुकुर झैं गल्लिमा लुक्ने
खोइरो लागेका भुस्स्याहाहरुले
मेरि आमाको छाती उदाङ्गो हुँदा
ताली बजाउदै
कानमा तेल हुलेर कुम्भकर्ण झै
सुत्छन
मानौ उनको लागि चौबिसै घन्टा रात हो
र यिनिहरुलाइ ब्यूंझाउनु मेरो कर्तब्य हो तर म लाचारी छु
त्यसैले
बा! म असल सन्तान बन्न सकिन ।

लुट्ने मनसायले आमाको गर्भ
जहाँ भगवान बुद्ध,जनक,सीता र भृकुटीहरुको धारण भएको थियो
रातभरको निद्रा हराम भएकोछ
दिनको भोक र प्यास समेत त्यागेकोछ उसले
यो या त्यो बहानामा भिजिलान्ते मसिहाहरुको गुप्तचरी गरिरहेकोछ
झिङ्गा माखा कीट पतङ्गहरु
जानकार छन उस्को चरीत्रमा
आमाको नाभिमा किलो ठोक्ने
अनि मृतसैयामै भए पनि
मेरि आमाको
मीठो स्तनपानको
मधूर स्वप्न स्खलन गर्दै बिगुलवाणी फिजाउदा
निहुर्मुन्टी न बन्दै पर ब्रम्हाण्डका
मीत्रहरुको मुख हर्दै
भबिश्यका कूदिन कल्पना गर्दै
बिरासतको गद्धिमा बिराजमान
ती अग्रजहरुलाइ सलाम गर्न लालायित्छु म त्यसैले
हो बा!म असल सन्तान बन्न सकिन ।
-बिमला चन्द’सानु’

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article