स्वास्थ्य
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

हल्दिवारीमा आज थप एक जनालाई कोरोना संक्रमण पुष्टि : संक्रमितको संख्या ५० नाघ्यो !

जलथल ,झापा : १२ मङ्सिर ।  हल्दिवारी गाउँपालिकामा आज थप एक जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य शाखाले पुष्टि गरेको छ । हल्दिवारी ३ कि एक महिलालाई कोरोना पोजेटिभ देखिएको स्वास्थ्य शाखा प्रमुख पुष्कर निरौलाले बताउनु भएको छ।

Advertisement

बिएण्सी अस्पतालमा उपचाररत ती महिलाको पिसिआर रिपोर्ट पोजेटिभ देखिएको निरौलाले बताउनु भयो । हल्दिवारी स्वास्थ्य शाखा प्रमुख निरौलाले दिएको जानकारी अनुसार हाल ५ जना अस्पतालमा उपचार गराईरहेका छ्न भने ८ जना होम आइसोलेसनमा रहेका छ्न ।

Advertisement

उनिहरु सबैको स्वास्थ अवस्था सामान्य रहेको छ । हाल सम्म हल्दिवारीमा कोरोना पोजेटिभ देखिएको संख्या ५३ पुगेको छ भने २ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ।

आजमात्र ३० जनाको पिसिआर टेस्ट गरिएको छ भने हाल सम्म ११५० जनाको पिसिआर गरिएको छ ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article