एन्ड्रोइड स्मार्टफोन प्रयोग गर्दै जाँदा विस्तारै स्लो हुन थाल्दछ । यस्तोमा फोनको स्टोरेज खाली गर्ने तथा केही एपहरु डिलिट गर्ने सल्लाह दिइन्छ । यस्तोमा प्रयोगकर्ताले बाध्य भएर केही आफ्ना फाइलहरु डिलिट गर्नुपर्ने हुन्छ । साथै नचाहेरै केही एपलाई फोनबाट हटाउनु परिरहेको हुन्छ ।

तर एउटा यस्तो तरिका छ, जसको सहयोगमा तपाईंको फोन फास्ट चल्न थाल्नेछ । यसबाट तपाईंले आफ्नो फोनबाट कुनै पनि फाइल वा एप डिलिट गर्नुपर्ने बाध्यता समेत रहँदैन । त्यसका लागि केही सेटिङमा परिवर्तन गरे पुग्छ । के गर्ने ? – सबैभन्दा पहिला आफ्नो फोनको सेटिङमा जानुहोस् र तलतर्फ रहेको सिस्टम सेटिङमा प्रवेश गर्नुहोस् । – कुनै कुनै फोनमा त सिस्टम सेटिङमा जानुपर्ने आवश्यकता समेत हुँदैन ।

यस्तोमा तपाईं सोझै अबाउट फोन अप्सन देख्न सक्नुहुनेछ । अबाउट फोन अप्सनमा ट्याप गरेपछि बिल्ट नम्बरको अप्सन देखा पर्नेछ । – बिल्ट नम्बर अप्सनमा लगातार रुपमा थुप्रै पटक ट्याप गर्नुहोस् । त्यसपछि डेभलपर अप्सन खुल्नेछ ।

– यति गरिसकेपछि पछाडि फर्किनुहोस्, जहाँ तपाईंले डेभलपर्स अप्सन देख्न सक्नुहुनेछ । त्यसमा दबाउनुहोस् । जहाँ कयौं अप्सनहरु देखा पर्नेछन् ।

– त्यसमा तपाईंले विण्डो एनिमेसन स्केल अप्सन समेत देख्नुहुनेछ । त्यसमा थिच्नुभयो भने कयौं एनिमेसन स्केलहरु देखिनेछन् ।

– तपाईंले एनिमेसन स्केल. ५ एक्सलाई छनौट गर्नुपर्ने हुन्छ । यतिगरिसकेपछि तपाईंको फोन फास्ट चल्न थाल्नेछ । पुरानै अवस्थामा फर्काउने कसरी ?

– यदि तपाईंलाई यो सेटिङ चित्त बुझेन भने पुरानै अवस्थामा फर्किन पनि सक्नुहुन्छ । त्यसका लागि तपाईंले फेरी आफ्नो फोनको सेटिङमा जानुपर्ने हुन्छ ।

– त्यहाँ रहेको डेभलपर अप्सनमा ट्याप गर्नुहोस् ।

– अब विण्डो एनिमेसन स्केल देख्नुहुनेछ ।

– अब त्यसमा एनिमेसन स्केल. एक्स छनौट गर्नुहोस् ।

के हो विण्डो एनिमेसन ? विण्डो एनिमेसन अप्सन एउटा डेभलपर अप्सन हो । जसको प्रयोग डेभलपरहरुले फोनको डिजाइनको समयमा गर्दछन् । त्यसपछि टेस्टिङपछि फोनलाई औषत स्पिड एनिमेसन स्केल .  एक्स मा सेट गरिदिन्छन् । जसबाट ग्राफिक्सको थप विवरण केही समयका लागि देखाउन सकिन्छ । यद्यपी तपाईंको फोन स्लो भयो भने पनि एनिमेसन स्केल .५ एक्स सेलेक्ट गरेर फास्ट बनाउने काममा समेत उपयोग गर्न सक्नु हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
0

+1
0

+1
0

+1
0

+1
0

+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार