हल्दिबारी न्यूज डेक्स- चन्द्रगढी । मोरङको बेलबारी ३ की ५ बर्षिया सुभाना सुवेदीले बेलबारी ३ मा रहेको श्री आधारभुत बिद्यालयका बिद्यार्थीहरुलाई शैक्षिक सामाग्री हस्तान्तरण गरेकी छिन ।
मंगलबार सरस्वती पुजा अर्थात श्रीपञ्चमीको अबसरमा उनले सो बिद्यालयमा अध्यायनरत १ सय बालिबालिकाहरुका लागि कापी र कलम हस्तान्तरण गरेकी छिन । मातापिता बिजय सुवेदी र सुष्मा सुवेदी सहित सभानाले सो बिद्यालयमा यस बर्ष भर्ना हुने सम्पुर्ण बिद्यार्थीलाई शैक्षिक सामाग्री बर्षभरि प्रदान गर्ने समेत घोषणा गरेका छन ।
बिद्यालयका बिद्यार्थीहरुलाई ५ बर्षसम्म उनीहरुले सञ्चालन गरेको ड्रिमल्याण्ड फनपार्कमा शैक्षिक भ्रमण समेत निशुल्क गरिएको । फनपार्कमा समेत २ हजार बढी बिद्यार्थीहरुलाई कापीकलम बितरण गरिएको छ । -कमला भट्टराई
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
+1
+1
+1
+1
+1
















