हल्दिबारी डटकम
Hover Ad Article
शिक्षा
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

विश्व हिन्दू परिषदद्वारा जनगणना सचेतना कार्यक्रम सम्पन्न

काठमाण्डौ, विश्व हिन्दू परिषद नेपाल धनुषा जिल्ला कार्य समितिद्वारा जनगणना सचेतना कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रम फाल्गुन ८ गते जनकपुरधाम स्थित गायत्री कुञ्ज अतिथि सदनको सभाहलमा आयोजना गरिएको थियो ।

Advertisement

नेपाल सरकारको केन्द्रिय तथ्याङ्क विभागले प्रत्येक दश वर्षमा गर्ने राष्ट्रिय जनगणनाको बाह्रौँ शृंखला यही वि।स। २०७८ जेष्ठ २२ देखि असार ८ गते सम्म सञ्चालन हुदैछ । उक्त जनगणनाका लागि तयार पारिएको फारममा धर्म जनाउने बुदाँहरुमा ‘प्रकृति पूजक’ एवं ‘अन्य’ शिर्षक भएको बुदाँ समेत समावेश गरिएको प्रति विश्व हिन्दू परिषद नेपालको गम्भीर ध्यानार्षण भएको कार्यक्रममा वक्ताहरुले बताएका थिए ।

Advertisement

‘आउँदो जनगणनामा हिन्दूहरुको संख्या न्युन देखाउने उद्देश्यले पश्चिमा एवं हिन्दू विरोधी तत्वहरुको योजनाबद्ध षडयन्त्र अन्तर्गत जनगणना फारम तयार पारिएको तथ्य प्रष्टै देखिएको छ । यस सन्दर्भमा समय मै सचेत हुन आवश्यक भएको हुनाले विश्व हिन्दू परिषद नेपाल जिल्ला कार्य समिति धनुषाद्वारा जनगणना सचेतना कार्यक्रम आयोजना गरिएको’ परिषदका एक अधिकारीले बताउनुु भयो ।

कार्यक्रममा प्रमुख अतिथ पुर्व एआईजीपी एवं हिन्दू स्वयंसेवक संघ नेपालका सह–संघचालक श्री कल्याण तिमिल्सिना, विश्व हिन्दू परिषद नेपालका ट्रस्टी श्री ओम प्रकाश सर्राफ, राष्ट्रिय सदस्य मनोहर साह, जिल्ला अध्यक्ष संतोष साह लगायत स्थानीय समेत गरी करिब सय जनाको उपस्थिति रहेको थियो ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)