हल्दिबारी डटकम
Hover Ad Article
शिक्षा
हल्दिबारी संवाददाता ५ वर्ष अगाडि

हल्दिवारीमा सामुहिक रूपमा जनैपूणिर्मा मनाईयो

जलथल । झापाको हल्दिवारी गाउँपालिकामा सामुहिक रूपमा जनैपूणिर्मा मनाईएको छ । वैदिक सनातन सस्कार उत्थान समितिको आयोजनामा आज हल्दिवारी ३ मा रहेको स्वर्गद्वारी शिव मन्दिर स्थित देउनिया खोलामा भेला भएर सामुहिक रूपमा जनै लगाउने पर्वलाई मनाईएको हो ।

Advertisement

बिगत २०७३ साल देखि जनैपूणिर्माको दिन उक्त स्थानमा भेला भएर परापुर्व कालदेखि मान्दै आएको जनैपूणिर्मा तथा रक्षा वन्धन कार्यक्रम मनाउन शुरु गरिएको उत्थान समितिका अध्यक्ष प. सोमनाथ सुबेदीले बताउनु भयो ।

Advertisement

पुरुष हरुले महान चाडका रूपमा मनाउने गरिएको जनैपूणिर्मा लाई व्यापक रूपमा सबै हिन्दु हरुको साझा पर्वको रूपमा मनाउन उत्थान समितिले काम गरि रहेको समितिका सदस्य जय प्रसाद पोखरेलले बताए ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)