साहित्य
हल्दिबारी संवाददाता ५ वर्ष अगाडि

आत्रेय लाटो साथी एवम् वररुचि कात्यायन लोकापर्ण समारोह सम्पन्न 

काठमाण्डौँ । प्रा.डा.विष्णुराज आत्रेय लाटो साथी एवम् वररुचि कात्यायन लोकापर्ण समारोह सम्पन्न l प्रा.डा.विष्णुराज आत्रेय लाटो साथी स्मृति प्रतिष्ठान कपिल बस्तुको आयोजनामा भएको समहारोहका अध्यक्षता संस्थाका अध्यक्ष विष्णु भण्डारीको रहेको थियो ।

Advertisement

उक्त कार्यक्रम साहित्यकार एवम शिक्षिका पवित्रादाहालले सञ्चालन गर्नु भएको कार्यक्रमको प्रमुख अतिथि नेपाल प्रज्ञा प्रतिष्ठानका माननीयय कुलपति गंगा प्रसादको रेहको थियो । कार्यक्रमको स्वागत मन्तव्य लक्ष्मी गौतमले मंगलाचरण पाठ गरेर गर्नु भएको थियो । स्मृति ग्रन्थको सम्पादनको अनुभव सहसम्पादक कवि वैरागी जेठाले राख्नु भएको थियो । कुलपति ज्यूले दुबै कृति बिमोचन गर्नु भएको थियो । वररुचि कात्यानबारे प्रा.डा.देवी नेपाल आफ्ना धारणा राख्नु भएको थियो । नेपाल र भारतका पूण्य क्षेत्र र त्यहाँका ऋषि मनिषिबारे अध्ययन अनुसन्धान,बारे लेखिएको कृति हो भन्नु भयो ।

Advertisement

वरदान र साधनाको संयोगबाट आफ्नो दायित्व पूरा रुपमा निर्वाह तीन दर्जन रचना सबैले अनुशरण गरौँ । योग साधना र निष्ठा क्यान्सरबाट देहान्त मृत्यु होइन कृतिशेष हुनुभएको छ भन्नु भयो । स्मृति ग्रन्थबारे प्रकाश डा. अलका आत्रेयले भन्नु भयो २०४४ सालमा बुबाको हात समातेर विश्वहिन्दू महासम्मेलनमा आएको थिएँ ,आज प्रज्ञा प्रतिष्ठान दोश्रो माइति घर भएको छ , स्मृति ग्रन्थ पुस्तकमा परिचय , संस्मरण ,कृति समालोचना ,तस्वीर संग्रह ,परिशिष्टहरु ,प्रतिष्ठानको स्थापना , प्रेरणा ,कपिलधामको परिकल्पना,तन मन धन बुबाको सपना ,पितृऋण चुकाउने सानो प्रयत्नका कुरा राख्दै शोक काव्यको रचना सुनाउनु भयो ।

माइली छोरी अवज्ञा आत्रेयले बुबाद्वारा लिखित कविता भावुक स्वरमा सुनाउनु भएको थियो । प्रज्ञा परिषदका काव्य विभागका प्रमुख प्रा.डा. हेमनाथ पौडेल संस्मरण २०६१ जेठ कवितामा लाटो साथी लेखिएको जानकारी गराउनु भयो । छोरी डा. अलकाआत्रेय छोरी भएर , दिदी बैनी मिलेर बुबाको बारेमा महत्वपूर्ण कार्य भएको उदाहरण दिनु भयो । उहाँको विद्यार्थी आचार्य, पछि वाल्मिकी रत्नराज्यलक्ष्मी क्याम्पसमा पढाउथ्यौँ ।

प्राज्ञ सभामा सँगै नियुक्ति भएकाथियौँ उहाँको प्रस्तुति गहन र प्रामाणिक हुन्थ्यो । वाल्मिकी महाविद्यालय, विद्यापिठमा लामोसमय अध्यापन गरेपनि कोही अनुपस्थित नहुनु कृतघ्नता , संस्कृत नेपाली र अवधिका मुर्धन्य व्यक्तित्व कवि ,कथाकार , अभिनय कला , कलामय लाटो साथी सरस्वती पुत्र हुनु हुन्थ्यो । शुक्ल ले संस्कृतमा प्रवचन एवम् कविता वाचन गर्नु भएको थियो । कृष्णप्रसादले कपिलधाम काव्य तिर्थ बनाउने , मधुवन धाम भन्नु भयो ।

नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव जगतप्रसाद उपाध्यायले भन्नु भयो । उच्चसम्मान सहित भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दै ६५२ पृष्ठको रचना १वर्षमा तयार भएकोमा प्रकट गर्नु भयो । नेपाली सिर्जनामा लाटो साथी उपनाम लेख्नु भयो । तर समीक्षा र अनुसन्धानात्मक कृतिहरुमा चाहिँ प्रा.डा. विष्णुराज आत्रेय लेख्नुहुन्थ्यो । प्राज्ञिक लेखन नेपाली वाङमयमा ठुलो योगदान दिनु भएको थियो । २०२६मा सहायक प्राध्यापक त्रिविवि संस्कृतअध्ययन संस्थानको महाविद्यालय , उहाँको अथातो जलान , उत्कृष्ट हाँस्यव्यङ्ग निबन्ध , नयाँ लेखकहरुलाई उत्साही गर्ने , संस्कृत नेपाली , अँग्रेजी शब्दकोष, किर्ति किरणहरुमा सल्मलाईरहेको हुनुहुन्छ गुरु , पितामहले तौलेश्वर संस्कृत विद्यालय ।

उहाँमा प्रभाव संस्कृत पढ्ने पनि आधुनिक हुनुहुँदोरहेन छ , ओभरकोट र अँग्रेजी ह्याटमा अवधि भाषा संस्कृतिको गोष्ठी,अवधिभाषामा महाकाव्य ,भाषिक विशिष्ठता ४ भाषा ,उहाँका १५५ गुरुकुल दर्ता कपिल बस्तु रश्मिलय तौलिहवाले श्रद्धाले लिने स्थान , उहाँको जीवन यूवाको लागि प्रेरणा ,आफ्नो पीडा कसैलाइ सुनाउन दुःख दिन चाहनु भएन , सहज ,समान व्यवहार कमजोरी ठाने अरुकै मुर्खता , नेपाल प्रति प्रगाढ राष्ट्रप्रेम । खगेश्वर गौतम , गुरुको शारिरीक स्फूर्त महान आत्मा , प्रेरणाका स्रोत ४३वटा पुस्तक ,जीवनको अन्तिम क्षण सम्म लेखन अन्तिम क्षण सम्म लेखन अन्तिम रचना वररुचि कात्यायन हो भन्नु भयो । प्रमुख अतिथि माननीय कुल पति गंगाप्रसाद उप्रेतीले भन्नु भयो ।

बहु आयमिक व्यक्तित्वलाई संस्थागत गर्ने ग्रन्थ नेपाल चिनाउन अथक प्रयत्न उहाँलाई चिनाउने आधिकारिक ग्रन्थ आउने पुस्ताले चिन्ने दुई कार्यकालको सहकार्य नेप्रप्र लाई गरिमामय बनाउन विद्वक्षमता अदभुत कपिल धाम सकारात्मक ।सिर्जनात्मक चिन्तन साहित्यिक महारथीहरुको प्रतिमा साहित्य चौतारी ह्ेमराज ज्ञवाली पनि यहि वर्ष जानु भयो । नेपाल गौरवगाथाले भरिएको देश चिनाउने अभियान प्राग ऐतिहासिक पौराणिक पात्रहरुलाई नेपालसँग जोडेर उपन्यास कथा,संस्कृत भाषालाई नेपालमा स्थापित गर्न उहाँको परिवारको योगदान प्रति अनुराग छ , भन्नु भयो । सभापति विष्णु भण्डारीले सभापतित्वको मन्तव्य दिँदै ,श्रद्धाञ्जली सभाको दिन प्रतिष्ठान खोल्ने निर्णय ।

लुम्बिनी प्रदेशका पतन्जली प्युठान ,पाणिनी ,अर्घाखाँची , कपिल मुनि कपिलबस्तु , राकुमार बाबा, उहाँले सबै जना प्रति हार्दिक आभार गर्दै प्रज्ञाप्रतिष्ठान परिवार र लाटो साथीका परिवार निम्तालु महानुभावमा आफ्ना गहकिला कुरा राख्दै सभा विर्सजन गनु भएको थियो ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article