हल्दिबारी न्यूज डेक्स /पाथिभरा देवीको मन्दिर ताप्लेजुङ जिल्लाको सदरमुकाम फूङलिङ बजारबाट करिव १२ कोश पूर्व उत्तर पर्दछ । यो मन्दिर १२,४४६ फीटको उचाईमा पाथिभरा पहाडको टुप्पोमा अवस्थित छ । किम्वदन्दी एवं जनश्रुती अनुसार परापर्व कालमा गोठालाहरु पाथिभरा क्षेत्रमा भेडी गोठ राख्ने गर्दथे ।

जुन एक दिन एकाएक भेडाहरु अलप भए । आफ्ना भेडाहरु हराएपछि निराश भएका गोठालालाई राती देवीले दर्शन दिई आफ्नो आकृति र उत्पत्तिको आत्मवोध गराउँदै भेडा बलि सहित पुजा गर्न भन्नुभयो । गोठालाहरुले देवीको उत्पत्ति स्थलमा पूजा आजा सहित भेडाको वली दिए पछि हराएका भेडाहरु देखा परे । त्यसैले भेडा वली दिएर गोठालाहरुले पत्तो लगाएको स्थान नै पाथिभरा देवी हुन् । पुग्ने समय र बाटो पाथिभरा मन्दिर जानको लागि र्सवप्रथम फूङलिङ बजार पुग्न र्पर्छ । फूङलीङ सम्म जानको लागि सडक तथा हवाई सुविधा छ ।

विराटनगर काठमाण्डाँै बाट सुकेटार सम्म हवाई सुविधा छ । सडक यातायात बाट जाँदा चारआली इलाम फिदिम हुदै २ दिनमा पुगिन्छ । अर्को बाटो धरान, धनकुटा, बसन्तपुर हुँदै २ दिनको पैदल यात्रामा फूङलिङ पुग्न सकिन्छ । फूङलिङ बाट सुकेटार देउराली छातेढुङ्गा, भालुखोप, फेदी हुदै १२ कोषको यात्रा पुरा गरेपछि लगभग ७ घण्टामा मन्दिर क्षेत्रमा पुग्न सकिन्छ । भ्रमण गर्ने उपयुक्त समय फागनु चैत्र, बैशाख तथा असोज कार्तिक मंसिर उपयुक्त समय हो भने अन्य समयलाई सामान्य रुपमा लिइन्छ ।

पाथिभरा मन्दिर १२४४६ फीटको उचाईमा रहेको र निकै जाडो हुने हुँदा न्यानो कपडा र गरम पेय तथा खाद्य पदार्थ र ज्क्ष्न्ज् ब्तिष्तगमभ क्ष्अपलभकक का औषधीहरु साथमा लिएर जानु उपयुक्त हुन्छ । खाने बस्ने व्यवस्था खाने बस्ने व्यवस्थाकोलागि फूङलिङ र सुकेटारमा होटल, लजको व्यवस्था छ भने देउराली र फेदीमा चिया, नास्ता, खाना र सुत्नको लागि सामान्य व्यवस्था भएका होटलहरु छन् । पाथिभरा क्षेत्र विकास समितिको धमृशालामा सुत्नको लागि व्यवस्था मिलाएको छ ।-कमला भट्टराई

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
0

+1
0

+1
0

+1
0

+1
0

+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार