हल्दिबारी डटकम
Hover Ad Article
शिक्षा
हल्दिबारी संवाददाता ४ वर्ष अगाडि

भोलीबाट एसईई सुरु , हल्दिवारीबाट छ सय तेत्तीस परीक्षार्थी सहभागी हुने

नेत्र बिक्रम बिमली : हल्दिवारी , ८ बैशाख । राष्ट्रिय परिक्षा बोर्डले संचालन गर्ने एसईई परिक्षा भोलि शुक्रबारबाट सुरु हुदै छ ।

Advertisement

कोभिड -१९ का कारण गत दुई बर्ष विद्यालयको आन्तरिक मुल्यांकनको आधारमा परिक्षा बोर्डले नतिजा सार्वजनिक गरेको एसईई परिक्षा यसबर्ष परिक्षा केन्द्र तोकेर संचालन गर्न लागेको हल्दिवारी गाउँ शिक्षा शाखा प्रमुख जनक कुमारी राईले बताउनु भयो ।

Advertisement

हल्दिवारीबाट एसईईमा १२ विद्यालयका ६ सय ३३ जना परीक्षार्थी सहभागी हुनेछन् । परिक्षालाई सभ्य र सहज वातावरणमा सम्पन्न गराउन सम्पुर्ण तयारी पूरा भैसकेको हल्दिवारी नमूना माविका प्रअ टंंक प्राख्रीनले जानकारी दिनुभयो । हल्दिवारीमा २ वटा परिक्षा केन्द्र तोकिएको छ ।

हल्दिवारी गाउँपालिकाका ५ वडामध्ये १ र २ मा रहेको जनजागृती मावी र हल्दिवारी नमुना माविमा तोकिएको छ । गाउँ शिक्षा शाखा प्रमुख राईका अनुसार हल्दिवारी गाउँपालिकाका ३२७ छात्रा र ३०६ छात्रले परिक्षामा भागलिने छ्न । उनका अनुसार हल्दिवारी गाउँपालिका भित्र रहेका ६ सामुदायिक विद्यालय र ६ सस्थागत विद्यालयमा अध्यनरत विद्यार्थीले भोलि देखि परिक्षामा सहभागिता जनाउने छ्न ।

कुनकुन विद्यालयका कति कति विद्यार्थीले परिक्षामा भागलिदै छ्न ।

सामुदायिक विद्यालय तर्फ :

१. हल्दिवारी नमुना मावी -२ : छात्रा ८१ छात्र ८८

२. महेन्द्र मावी -४ : छात्रा ४१ छात्र २९

३. पन्चायत मावि -३ : छात्रा १३ छात्र ७

४. लक्ष्मी मावि-३ : छात्रा ३४ छात्र १९

५. जनजागृती मावी-१ : छात्रा ७४ छात्र ५५

६. सरस्वती मावी-१ : छात्रा १५ छात्र १२

स्थगत विद्यालय तर्फ :

१. चिल्ड्रेन गार्डेन एकाडेमी -१ : छात्रा १० छात्र १४

२. गोलधाप सनसाइन -१ : छात्रा ५ छात्र १८ ३

. क्यानरी एकडेमी -२ : छात्रा १४ छात्र १२

४. सिग्मा अङ्ग्रेजी बोडिङ्ग -२ : छात्रा १३ छात्र २०

५. चिल्ड्रेन गार्डेन अङ्ग्रेजी विद्यालय -३ : छात्रा २२ छात्र २४

६. बालज्वती अङ्ग्रेजी स्कुल – १ : छात्रा १२ छात्र ७ विद्यार्थी रहेको जनाइएको छ ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)