हल्दिबारी डटकम
Hover Ad Article
खेलकुद
हल्दिबारी संवाददाता ४ वर्ष अगाडि

दिल्लीका कप्तान ऋषभलाई जरिवाना

इन्डियन प्रिमियर लिग (आईपीएल) टिम दिल्ली क्यापिटल्सका कप्तान ऋषभ पन्तसलाई जरिवाना गरिएको छ । ऋषभ सहित ३ जनालाई आइपीएलले जरिवाना गरेको हो । शुक्रबार राति राजस्थान रोयल्सविरुद्धको खेलको अन्तिम ओभरमा ऋषभले हाइ फुलटस बलमा नो बलको माग गरेका थिए । त्यसपछि मैदानमा केही समय विवाद उत्पन्न भएको थियो ।

Advertisement

त्यसपछि ऋषभ पन्त, दिल्लीका सहायक प्रशिक्षक प्रविन अमरे र तीव्र गतिका बलर शार्दुल ठाकुरलाई आइपिएलको नियम अनुसार जरिवाना लागेको हो । पन्त र आमरेलाई म्याच फि को शतप्रतिशत र शार्दुल ठाकुरलाई ५० प्रतिशत म्याच फि को जरिवाना लागेको आइपिएलले जनाएको छ ।

Advertisement

अमरेलाई भने एक खेल पनि प्रतिबन्ध लागेको छ ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)