हल्दिबारी डटकम
Hover Ad Article
खेलकुद
हल्दिबारी संवाददाता ४ वर्ष अगाडि

झापा एफसी फेरि लिगको शीर्ष स्थानमा

हल्दिबारी । झापा फुटबल क्लब सहिद स्मारक ‘सी’ डिभिजन लिगको शीर्ष स्थानमा उक्लिएको छ । एन्फा कप्लेक्स सातदोबाटोमा शुक्रबार मनोहरा युनाईटेडलाई २-० ले हराउँदै झापा शीर्ष स्थानमा उक्लिएको हो ।

Advertisement

झापाको जितमा हरिबहादुर आले मगर र मनिष लिम्बुले एक एक गोल गरे । जितसँगै झापाले ९ खेल २२ अंक जोडेको छ । मनोहरा १२ अंक जोडेर पाँचौं स्थानमा रहेको छ । अर्को खेल स्पोर्ट्स एकेडेमी संघले रानीबन स्पोर्ट्स क्लबलाई ३-२ ले हराएको छ ।

Advertisement

स्पोर्ट्स एकेडेमीको जितमा समन श्रेष्ठ, मनिष आचार्य र सन्देश खवासले एक एक गोल गरे । रानीबनका किशन कठायतले दुई गोल गरे । जितपछि स्पोर्ट्स एकेडेमीले ९ अंक जोडेको छ । रानीबनको १० अंक रहेको छ ।

‘सी’ डिभिजनमा १४ क्लबले प्रतिस्पर्धा गरिरहेका छन् । लिगका शीर्ष दुई टिम ‘बी’ डिभिजनमा बढुवा हुनेछन् । दुई टिम रेलिगेशनमा पर्नेछन् ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)