बिचार
हल्दिबारी संवाददाता ४ वर्ष अगाडि

झापा क्षेत्र नम्बर ३ मा १० अर्व लगानी गराउछौ : दुर्गा प्रसाईं

बिर्तामोड , १८ असार । बिएण्सि अस्पतालका कार्यकारी निर्देशक दुर्गा प्रसाईंको पहलमा युएईका राजकुमारले झापाको जलथल जङ्गल , किच्कबध र कचनकवलको हाेचाे भुभागमालाइ र हल्दिबारीकाे भेलागडी सिमसारलाइ पर्यटन बिकासको लागि लगानी गर्ने भएका छ्न । केहि समय अगाडि दुबईका अधिराजकुमार जुमा अल मकतुमले झापा लगायत नेपालका विभिन्न ठाउँको अवलोकन भम्रण गरी स्वदेश फर्किए लगतै युएई दूतावासको टोली आज झापा आइपुगेको छ । उक्त टोलिले झापा क्षेत्र नम्बर ३ को किच्कबध ,कचनकवल र जलथल जङ्गल साथै भेलागडी सिमसारकाे अनुगमन गर्ने कार्यतालिका नेकपा एमाले केन्द्रिय सदस्य समेत रहनु भएका कार्यकारी निर्देशक प्रसाईले बताउनु भएको छ ।

Advertisement

करीब ५ बर्ष भित्रमा १० अर्व लगानी गर्ने गरी काम गर्ने गरी काम अगाडि बडेको प्रसाईले बताउनु भएको छ । जलथल जङ्गल लाई खुल्ला चिडियाखानाको रूपमा बिकास गरी पर्यटन हवको बिकास गर्ने गरी काम गर्ने गरी गुरुयोजना तयार गर्ने काम शुरु भएको छ । नेपालको होचो ठाउँ कचनकवल , पुरातत्त्वले भरीएको किच्कबध ,र जलथल जङ्गल ,भेलागडि सहिद पार्कलाई पर्यटकको आगवन स्थल बनाएर यस क्षेत्रमा बिकास ,रोजगारी दिन लागिएको प्रसाई ले बताउनु भयो ।

Advertisement

झापाको क्षेत्र नम्बर ३मा आफ्नो राजनैतिक तथा समाजसेवाको माध्यमबाट अगाडि बड्नु भएका प्रसाईले करीव ६ हजार परीवारको स्वास्थ्य बिमा समेत गरी सक्नु भएको छ । नेपाली काङ्ग्रेसका नेता कृस्ण प्रसाद सिटौला र राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्गदेनको समेत प्रसाईको झापा क्षेत्र ३ को आगमनले राजनैतिक भविस्य समेत ओझेलमा परेको स्थानीयहरु बताउँछन् । एमाले स्राेतका अनुसार आगामी प्रतिनिधि सभा निर्वाचनमा झापा क्षेत्र न.३ बाट उमेदवार काे रुपमा पार्टीले दुर्गा प्रसाईं लाइ अगाडि सारेको समेत बताएका छन् भने अहिले सबै नागरिकको मन मनमा दुर्गा प्रसाईं भन्ने बनाइसकेका छन् ।।।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article