अर्थ
हल्दिबारी संवाददाता ४ वर्ष अगाडि

नेप्सेमा ११ अंकको गिरावट, कारोबार रकम पनि घट्यो

साताको कारोबारको चौथो दिन शेयर बजारमा ११ अंकको गिरावट आएको छ । मंगलबार झिनो अंकले घटेको नेप्से परिसुचक आज ११ दशमलव ९७ अंकले घटेर १९३९ दशमलव ८८ विन्दुमा थामिएको हो । त्यस्तै, सेन्सेटिभ इन्डेक्स पनि आज १ दशमलव ७० अंकले घटेर ३७७ दशमलव ३८ विन्दुमा पुगेको हो ।

आज २२४ कम्पनीको ८२ करोड ६२ लाख ३० हजार ५८३ रुपैयाँ बराबरको २९ लाख ४३ हजार ७६९ कित्ता शेयर कारोबार भएको नेप्सेले जनाएको छ ।

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)