कला / साहित्य / चलचित्र
हल्दिबारी संवाददाता ३ वर्ष अगाडि

कविता “म शब्द हुँ”

कविता “म शब्द हुँ”

म शब्द हुँ, तिमी अर्थ हौ
म शब्दमा सिमीत छु,

तिमी अर्थ बनेर संसार सामु
असंख्य शब्दहरु भरिएको,

स्वेत पानाका किताबमा
पूर्ण विस्तार गरी देऊ,

म भाव हुँ, तिमी भावना हौ
म भावमा लुप्त छु,

तिमी भावना बनेर धरा सामु
पूर्ण स्नेहता भरी देऊ,

लिखीत नै जब कथा बन्दछ
हरफहरु सजीव बन्देऊ,

पृथकताले हुँदैन कुनै अर्थ
संयुक्ताको भाव बुझ्देऊ,

म स्वर हुँ, तिमी साधना हौ
म स्वरमा स्थित छु,

तिमी साधना बनी साधक सामु
पूर्ण संयमित बनी देऊ,

सारांश जीवनको अर्थपूर्ण छ
बाँच्ने आधार बन्देऊ,

म उल्लास हुँ, तिमी हर्षिता हौ
म मानसमा स्थिर छु,

तिमी हर्षिता बनेर संसार सामु
निर्विकार बनी देऊ,

म शब्द हुँ, तिमी अर्थ हौ
म शब्दमा सिमीत छु,

तिमी अर्थ बनेर संसार सामु
असंख्य शब्दहरु भरीएको,

स्वेत पानाका किताबमा
पूर्ण विस्तार गरी देऊ।

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)