कविता: “धान दिवसको शुभकामना”

अहिलेसम्म त चल्दैछ छ है अर्म र पर्म
आजकल जनशक्ति नै छैनन् गाउँ घरमा
जनशक्ति युरोप अमेरिका अष्ट्रेलिया तिर
कस्ले नै पो बुझ्ला र गाउँ घरको यो मर्म!!

जुन सरकार आए नि यस्तै हो बुझ्दैन मर्म
गाउँ घरका किसानले नै शहर बचाउने धर्म
वर्षौं देखि गाउँ घरमा खेत बारीहरु बाझैछन्
गमलामा धान रोपेर उद्घाटन गर्छन् शहरमा!!

सहकारीमा राखेको पैसा जति फिर्ता नै आएन
त्यसैले किसानले मल किनेर हाल्नलाई पाएन
कुर्सीकै लुछाचुडी नै गर्न्छन् दल नेताहरु जति त
कृषिप्रधान देशले एउटा मल कारखाना नै पाएन!

नहर कुलो खन्नेपैसाले भ्यूटावर नै भ्यूटावर बनाउछन्
होलिवान र मार्सी खाएर खुसियाली नै पो मनाउछन्
हामी गरिब हौं गरिबको सरकार भन्दै शहराँ घर बनाउछन्
तारे होटलमा पिजा पोलेका साप्रा खादै खुसियाली मनाउछन्!

आफ्ना छोराछोरीहरु युरोप अम्रिका अष्ट्रेलिया पठाउछन्
गरिबका छोराछोरी जति खाडी जान बाध्य नै बनाउछन्
जागिर दे सरकार भनेर सडकमा माग राख्नपर्छ गरिबले
गोली हानी मार्छन् दस लाख लिन बाध्य बनाउछन्!

आज शहरमा मन्त्रीले उद्घाटन गमलामा नै धान रोप्छन्
धानको बीजनको माला लगाएर पुरै गर्धन घाटी छोप्छन्
कृषिप्रधान देश रे विदेश बाट अन्न आयात गरि ल्याउछन्
न मल बीउ बिजन अनुदान मन्त्री गल्फेण्ड लेर धान रोप्छन्!

धान दिवसको सबैमा शुभकामना।
धन्यवाद ।
शुभ बिहानी

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
1
+1
1
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार