भद्रपुर । झर्रोवादका संस्थापक तथा पूर्वका मोतिरामको उपनामले परिचित साहित्यकार, पत्रकार चुडामणि रेग्मीलाई मस्तिष्कघात भएको छ ।

भद्रपुर १० चन्द्रगढी निवासी प्रसिद्ध साहित्यकार एवम् झापाका पहिलो पुस्ताका पत्रकार रेग्मीलाई शनिवार राति सुतेकै अवस्थामा मस्तिष्कघात भएको पारिवारिक श्रोतले जानकारी दिएको छ ।

शनिवार राति क्रिकेट हेरेर सुत्नुभएका रेग्मीलाई विहानीपख मस्तिष्कघात भएपछि मेची प्रादेशिक अस्पताल भद्रपुरमा उपचारका लागि भर्ना गरिएको छोरा प्रदिपमणि रेग्मीले जानकारी दिए ।
उपचारको क्रममा उहालाई अझै दुई दिन डाक्टरहरुको निगरानीमा रख्नुपर्ने रेग्मीका नाति समेत रहेका डा.रविन रेग्मीलेको भनाई छ ।

साहित्यकार रेग्मी झर्रो नेपाली आन्दोलनका संस्थापक मध्येका एक सदस्य हुन् भने नेपाली भाषाको खोज अनुसन्धान गर्ने भाषाविद् समेत हुन् । रेग्मीले वि सं २०२६ सालबाट झापामा युगज्ञान साप्ताहिक सम्पादन प्रकाशन शुरु गरी पत्रकारका रुपमा झापामा स्थापित भएका थिए । प्रगतिशील चेतन प्रवाह गर्ने रेग्मी तत्कालीन शासकबाट प्रताडित समेत हुनु परेको थियो ।

भाषा, साहित्य सम्बद्ध दर्जनौं कृति प्रकाशन गरी नेपाली भाषा साहित्यका क्षेत्रमा विशिष्ठ योगदान गरिरहेका रेग्मी नेपालकै धरोहर रहेका छन् ।

 

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार