चिनियाँ सहयोगमा पेट्रोलियम पदार्थ अन्वेषणको काम सम्पन्न गर्न म्याद बढ़ायो

 

हल्दीबारी न्यूज़ डेस्क  / दैलेख  भैरवी गाउँपालिका–१ जलजलेमा पेट्रोलियम पदार्थ पत्ता लगाउने समय अझै एक वर्ष थपिएको छ । चिनियाँ सरकारको सहयोगमा पेट्रोलियम पदार्थ अन्वेषणको काम सुरु भएको हो । गत वैशाख १ गते(१३अप्रैल )बाट अन्तिम चरणको ‘ड्रिलिङ’ को काम सुरु भए पनि अझै नसकिएकाले एक वर्ष समय थप भएको हो । मेसिनले जमिनमुनि खनेर पेट्रोलियम पदार्थ भए/नभएको पुष्टि गर्न अझै २ हजार ४ सय मिटर ‘ड्रिलिङ’ गर्न बाँकी छ । यही काम गर्न एक वर्ष म्याद थप गरिएको हो। स्रोतका अनुसार इन्धन फेला पर्ने-नपर्नेमा अझै अन्योल नै छ।

खानी तथा भूगर्भ विभाग र चिनियाँ सरकारको जिओलोजिकल सर्भे कम्पनीबीच अन्तिम चरणको काम सम्पन्न गर्नका लागि एक वर्ष म्याद थप गरिएको हो । २०१९ सेप्टेम्बरदेखि सुरु गरिएको पेट्रोलियम पदार्थ अन्वेषण तथा उत्खनन् अन्तर्गतको अन्तिम चरणको कामको सम्झौता २०२३ फरबरीमा सकिएको थियो । २०२४ फरबरीसम्म आयोजनाको म्याद थपिएको जियोलोजिष्ट सुरेश श्रेष्ठले बताए । उनले भने , ‘काम रोकिएको छैन, अबको साढे दुई महिनामा ड्रिलिङको काम सक्ने लक्ष्य छ । धेरै काम बाँकी नै छ, त्यसैले एक वर्ष म्याद थप गरिएको हो ।’

हालसम्म पेट्रोलियम अन्वेषणअन्तर्गत ‘ड्रिलिङ’ गर्ने काम दुई हजार २० मिटर गहिराइसम्म पुगेको छ । यो काम सक्न अझै साढे दुई महिना लाग्ने जियोलोजिष्ट श्रेष्ठले बताए । उहनका अनुसार अहिले ड्रिलिङको काम धमाधम भइरहेको छ । आयोजनामा चार हजार पाँच सय मिटर गहिराइसम्म ड्रिलिङ गरी अन्वेषणको काम हुनेछ । त्यसपछि उक्त स्थानमा पेट्रोलियम पदार्थको भण्डार कति छ र त्यसको उत्खनन् सम्भावनाबारे अध्ययन गरिने श्रेष्ठले जानकारी दिनुभयो।

सरकारले चालु आर्थिक वर्ष २०२४–२०२५भित्रै पेट्रोलियम पदार्थ अन्वेषणको काम सक्ने लक्ष्य राखेको छ । सो लक्ष्यअनुरूप काम भइरहेको छ । चिनियाँ सरकारको सहयोगमा पेट्रोलियम पदार्थ अन्वेषणको काम सुरु भएको हो । दैलेखको भैरवी गाउँपालिका–१ जलजलेमा अन्वेषण साइट छनोट भएको छ ।

अन्तिम चरणको अन्वेषण गरेपछि दैलेखमा पेट्रोलियम खानीको अवस्था र व्यावसायिक उत्खनन् सम्भावनाको टुंगो लाग्नेछ। अन्तिम चरणमा हुने ड्रिलिङलगायतको कामपछि स्थानीय क्षेत्रमा कति पेट्रोलियम भण्डारण छ भन्ने पत्ता लाग्नेछ । अन्वेषणको प्रतिवेदनले पेट्रोलियम खानी सञ्चालन गर्न सम्भव देखाएमा उत्खनन् योजना अघि बढ्ने जनाइएको छ ।

चिनियाँ प्राविधिकको टोलीले २०१९ सालमा स्थलगत अध्ययन गरेको थियो । नेपाल र चीन सरकारबीच भएको सम्झौताअनुसार पेट्रोलियम पदार्थको अन्वेषणका लागि गरिएको सेस्मिक सर्भेको प्रतिवेदनले दैलेखमा ग्यास र पेट्रोल भएको पुष्टि गरिसकेको छ । अहिले ड्रिलिङमार्फत् पेट्रोलियम पदार्थ अन्वेषणको काम भइरहेको हो ।

खानी तथा भूगर्भ विभाग र चिनियाँ सरकारको जियोलोजिकल सर्भे कम्पनीबीच दैलेखमा रहेको पेट्रोलियम पदार्थ अन्वेषण तथा उत्खनन् गर्न दुई अर्ब ४० करोड रुपैयाँ आर्थिक तथा प्राविधिक सहयोगमा सम्झौता भएको थियो । यो समझदारी कार्यान्वयन गर्न चीन र नेपालले संयुक्त कार्ययोजना बनाएका थिए । पहिलो चरण (दश महिना) मा चीनको विज्ञ टोलीले दैलेख क्षेत्रमा भौगर्भिक तथा पेट्रोलियम सर्भेसहित ड्रिलिङ साइट पहिचानको काम गर्ने समझदारी भएको थियो । दोस्रो चरणमा ड्रिल गर्ने र तेस्रो चरणमा सर्भे प्रतिवेदन बुझाउने सहमति भएको थियो । अहिले वर्षायामका केही दिन काम रोकिए पनि धमाधम काम भइरहेको आयोजनाले जनाएको छ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार