कविता : “पत्र/आकांक्षा”

यो पत्र तिमीलाई
तिमीलाई नभेट्ने आशामा ।

किनभने यो पत्रमा म
तिमीलाई दिन केहि छैन
न त नयाँ केही भन्नु छ  ।
आफैलाई बाहेक
कमजोरी र असफलताको
जुन तिमी म भन्दा धेरै हौ
सचेत रहनु ।

यो पत्र तिमीलाई
केवल तिम्रो सम्झनमा
जुन ढिलो वा चाँडो
आँखाबाट पानी पर्छ ।

र मसँग छ
यो पत्र लेख्नु बाहेक
अरु केही हुदैन  ।

देवेन्द्र किशोर ढुङगाना
भद्रपुर,झापा

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार