कविता: “शब्दहरुको आवाज़”

मेरो प्यार मेरो क्रोध ,
मेरो घृणा मेरो स्वीकृति ,
सबै कुरा यो कलमबाट ,
यसको रोशनीबाट हुन्छ …
मेरो नज़रको सामुन्ने,
जब शब्द मुस्कुराउने छ ,
उ प्रेम बनेर फेरी ,
कागजमा उतर्ने छ …
उल्झनमा जब कोही ,
कतै पाइने छ ,
तब त्यो अनुभूतिले मेरो ,
यो कागजमा ढल्ने छ …
हार्ने छन जब अक्षरहरु ,
आफैसंग बनेका शब्दहरुबाट ,
बनाउने छु नयाँ महल फेरी ,
उनको नै अलग अर्थहरु बाट …
केही शब्दहरुका साथ कतिपय ,
उनको आस-पास घटित छ ,
क्षत बिक्षत हुन्छन जब उ ,
अति दर्द उनमा पालित छ .
समेटने छु ती सबैलाई ,
केही मरहम पनि लगाउने छु ,
फेरी ठीक गरेर उनको,
उनको आवाज बन्नेछु …
उनको साथ रहेर मेरो ,
केही समय बित्ने छ ,
साथ पाएर शब्दका,
मेरो अपनत्व पनि देखिने छ …

✍देवेन्द्र किशोर ढुङगाना
भद्रपुर सुक्रिति नगर

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार