कविता: “सरकार र सत्ता”

दैविक ग्रन्थले
के सिकाए भन्दा
सत्ता जोगाउनुपर्छ
अनि सत्ता टिकाउनुपर्छ।
देवताका राजा कहलिएका इन्द्रले
बारम्बार आफ्नो सत्ता जोगाउन
कहिले महादेव भाके
कहिले विष्णु
त कहिले शरण देखि
कहिले राज्यबाट निकालिएको अनुभव गरे ।
शिवभट्ट ब्राह्मणको पुन्यले
जब इन्द्राशन डगमगायो
तब महादेवको शरण परेपछि
महादेवले इन्द्रको सत्ता टिकाइदिए।
यसलाई भनिन्छ
हस्तक्षेपको राजनीति ।

अर्जुन दाहाल
गाैरादह–३, झापा

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार