हल्दिबारी डटकम
Hover Ad Article
कला / साहित्य / चलचित्र
हल्दिबारी संवाददाता २ वर्ष अगाडि

कविता: “म र शास्त्र”

कविता: “म र शास्त्र”

Advertisement

शास्त्रमा
विष्णुले विष्णु पुराण र भागवतमा
“म” चलाए
शिवले शिवपुराणमा
“म” चलाए,
देविहरुले
देवी भागवतमा
“म” चलाइन,
कृष्णले
महाभारत युद्ध अगाडि
गीतको उपदेश दिने क्रममा
अर्जुनको अगाडि “म” चलाए।
“म” अर्थात् सबैथोक “म”
एक घमण्डको प्रतिक
दम्भको प्रतिक
शास्त्रमा जोडियो अनि प्रसङ्गको
“अहङ्कार”
अहम युक्त भावानाको
जसलाई भक्तजनले आत्मसाथ गरी
पुजन गरे।
नराम्रा पक्ष कसको पो नहोलान त
उसलाई नै भनिन्छ भगवान
उसले विचार दियो ।

Advertisement

अर्जुन दाहाल
गाैरादह–३, झापा

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)