हल्दिबारी डटकम
Hover Ad Article
कला / साहित्य / चलचित्र
हल्दिबारी संवाददाता २ वर्ष अगाडि

कविता: “महादेव र श्राप”

कविता: “महादेव र श्राप”

Advertisement

शिव पुराण अनुसार
महादेवले
ब्रह्मा र विष्णुको
तछाड मछाड देखेर
को हो ठूलो भन्ने परिचय दिन आउँदा
केतुकी फूललाई श्राप दिए,
ब्रह्माको झुटो साक्षीलाई।
साक्षीको चलनले
आधुनिक कानुनको ठाउँ पायो
तर श्रापका बावजुत
महादेवकै पूजा आजामा
केतुकी फूलको प्रयोग हुन्छ।
एक भक्तले महादेवको तपस्या गरेर
महादेवलाई सोध्यो
किन प्रभु केतुकी फूल प्रयोग भयो भनेर
यो कलियुग देखेर
महादेवले उस भक्तलाई भनिदिए
“हे वत्स, तिम्रो नाम अब देखि
फूल बाबा भनेर कहलिन्छ
कलियुगमा मेरो घोषणा कार्यान्वयन भएन। “

Advertisement

अर्जुन दाहाल
गाैरादह–३, झापा

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)