समाचार
हल्दिबारी संवाददाता १ वर्ष अगाडि

निषेधित क्षेत्रमा प्रदर्शन गर्ने राप्रपाको घोषणा, वैशाख ७ र ९ गते देशव्यापी आन्दोलनको तयारी

काठमाडौं, वैशाख ५ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले वैशाख ७ गते सरकारले निषेधित क्षेत्र घोषणा गरेका स्थानहरूमा विरोध प्रदर्शन गर्ने निर्णय गरेको छ। बिहीबार बसेको पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले चैत १५ गतेको प्रदर्शनका क्रममा पक्राउ परेका नेताहरूको रिहाइको माग गर्दै आन्दोलन सशक्त बनाउने निर्णय गरेको हो।

Advertisement

बैठकले आन्दोलन र संगठनलाई सँगसँगै लैजाने नीति अख्तियार गर्ने निर्णय गर्दै, पूर्वनिर्धारित कार्यक्रमअनुसार वैशाख ७ गते निषेधित क्षेत्रमा प्रदर्शन गर्ने र वैशाख ९ गते देशभरका सबै जिल्लामा धर्ना, सभा तथा विरोध कार्यक्रम आयोजना गर्ने घोषणा गरेको छ।

Advertisement

पार्टीका नेता रवीन्द्र मिश्र, धवलशमशेर राणा लगायत चैत १५ गतेको प्रदर्शनमा पक्राउ परेका नेताहरूको रिहाइको माग गर्दै आन्दोलनलाई थप व्यवस्थित र प्रभावकारी बनाउन विशेष समिति गठन गर्ने निर्णयसमेत बैठकले गरेको छ।

बैठकपछि पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले आन्दोलन र संगठन सुदृढ बनाउने उद्देश्यले सबै नेताहरूलाई गाउँ–गाउँ र वडातहसम्म पुर्‍याउने अभियान सञ्चालन गरिने जानकारी दिए।

राप्रपाले सरकारले प्रदर्शनको अधिकारमा अंकुश लगाउने कार्यको विरोध गर्दै निषेधित क्षेत्रमै शान्तिपूर्ण तर सशक्त रूपमा आफ्नो आवाज बुलन्द गर्ने तयारी गरेको हो।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article