समाचार
हल्दिबारी संवाददाता १ वर्ष अगाडि

रामबहादुर बमजनलाई यौन दुराचार मुद्दामा उच्च अदालतबाट सफाइ

जनकपुर, ५ वैशाख । तपश्वीको रुपमा परिचित रामबहादुर बमजनलाई यौन दुराचार मुद्दामा उच्च अदालत जनकपुरले सफाइ दिएको छ। सर्लाहीकी नाबालिका अनुयायी आनीमाथि यौन दुराचार गरेको अभियोगमा जिल्ला अदालत सर्लाहीले दोषी ठहर गरेका बमजनलाई उच्च अदालतले सफाइ दिएको हो।

Advertisement

उच्च अदालत जनकपुरका न्यायाधीश नरिश्वर भण्डारी र खेमराज भट्टको इजलासले बमजनलाई दोषमुक्त गराउने फैसला सुनाएको अदालतका उपरजिष्ट्रार सुशील यादवले जानकारी दिए।

Advertisement

यसअघि जिल्ला अदालत सर्लाहीले २०८१ सालको असारमा बमजनलाई १० वर्ष कैद सजाय र पाँच लाख रुपैयाँ क्षतिपूर्ति तिर्ने फैसला सुनाएको थियो। उक्त फैसलाविरुद्ध बमजनले उच्च अदालतमा पुनरावेदन दिएका थिए।

बमजनमाथि सर्लाहीकी एक नाबालिका अनुयायी आनीमाथि यौन दुराचार गरेको गम्भीर आरोप लागेको थियो, जसका कारण उनले कानुनी कारबाहीको सामना गर्नुपरेको थियो। तर, अब उच्च अदालतको निर्णयसँगै उनी उक्त मुद्दाबाट मुक्त भएका छन्।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article