धर्म
हल्दिबारी संवाददाता १ वर्ष अगाडि

पाथीभरा माताले हामी सबैको रक्षा गरुन्, हेर्नुहोस आजको राशीफल (२०८२/०३/२४) गते)

आज २०८२ साल असार २४ गते म‌ंगलबारको राशीफल ।

Advertisement

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) मेसो नमिल्दा कार्यक्षेत्रमा पछाडि परिएला। अरूको कुरा सुनेर व्यक्तिगत धारणा नबनाउनुहोस्। अध्यात्मतर्फ रुचि बढ्नेछ। आकस्मिक धनलाभको योग छ। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ७ रहेको छ।

Advertisement

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) प्रतियोगी परीक्षामा सफलता मिल्नेछ। स्वाभिमानको लागि संघर्ष गर्नुपर्ला। सकेसम्म कसैलाई पनि ऋन नदिनुहोस्। स्वास्थ्यलाई लिएर सावधान रहनुहोला। आजको शुभ रंग हरियो हो भने शुभ अंक ८ रहेको छ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) कार्यक्षेत्रमा माताको आशीर्वाद लिएर अगाडि बढ्नुहोस् सफलता मिल्नेछ। जग्गा जमीन सम्बन्धी समस्याहरू सुल्झिनेछन्। इष्टमित्रहरूको राम्रो सहयोग मिल्नेछ। आजको शुभ रंग बैजनी हो भने शुभ अंक ५ रहेको छ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) बिग्रिसकेको काम पुनः बन्नाले मनमा प्रशन्नता छाउनेछ साथै नयाँ काम गर्न जोश जागर आउनेछ। महत्त्वपूर्ण निर्णयहरू सम्पादन हुनेछन्। प्रभावशाली व्यक्तिहरूसँग सम्पर्क बढ्नेछ। आजको शुभ रंग हरियो हो भने शुभ अंक ६ रहेको छ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) वैदेशिक रोजगारमा सफलता मिल्नेछ। आर्थिक पक्ष सबल हुनेछ। अवसर पाए पनि चुनौतीहरूसँग जुध्नुपर्ला। स्वास्थ्यलाई लिएर खानपिनमा ध्यान दिनुहोस्। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ३ रहेको छ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) कार्यक्षेत्रमा पिताको सहयोग मिल्नेछ। भौतिक संसाधन जुटाउन दिगो कार्य प्रारम्भ गर्न सकिनेछ। शत्रुहरू आफै किनारा लाग्नेछन्। प्रतिस्पर्धामा विजय प्राप्त हुनेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक २ रहेको छ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) साझेदारी व्यापारबाट लाभ मिल्नेछ। प्रतिष्ठित कार्यले आफूलाई चिनाउन सक्नुहुनेछ। गृहणीहरूको गृहकार्य भन्दा मनोरञ्जनमा समय बित्नेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक ३ रहेको छ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) कार्यक्षेत्रमा सानो प्रयासले राम्रो सफलता हात लाग्नेछ। शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ। मन चञ्चल रहनेछ सचेत रहनुहोस्। नोकरी वा पेशामा अधिकारी वर्गहरूबाट सम्मान पाइएला। आजको शुभ रंग सेतो हो भने शुभ अंक ९ रहेको छ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) आय आर्जनका नयाँ स्रोतहरू फेला पर्नेछन्। बच्चाहरूको स्वास्थ्यमा ध्यान दिनुहोला। कार्यक्षेत्रमा एउटा कार्य सिध्याएर मात्र अर्को कार्यमा हात हाल्नुहोस्। मिठो बोलेर अरुको मन जित्न सक्नुहुनेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक २ रहेको छ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) समाजमा मानसम्मान बढ्नेछ। कानुनी पक्ष मजबुत रहनेछ। घरपरिवारमा हजुरको इच्छाको मान राखिनेछ। विशिष्ट व्यक्तिहरूको साथले चुनौतीपूर्ण कार्य सम्पादन हुनेछ। आजको शुभ रंग रातो हो भने शुभ अंक १ रहेको छ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) पहिलाका कमीकमजोरीमा क्रमशः सुधार आउनेछ। पुरुषार्थ गरेर समाजमा नाम र सम्मान स्थापित गर्न सकिनेछ। शेयर बजारबाट मनग्य लाभ आर्जन गर्न सकिनेछ। आजको शुभ रंग आकाशे निलो हो भने शुभ अंक ३ रहेको छ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) रोकिएका कार्यहरू बन्नेछन्। उद्योग र व्यापार व्यवसायमा विशेष फाइदा हुनेछ। भाग्यको साथ मिल्नेछ। आफन्तहरूसँग रमाइलो समय बित्नेछ। विद्यार्थीहरूको पठनपाठनमा मन लाग्नेछ। आजको शुभ रंग कलेजी हो भने शुभ अंक ५ रहेको छ।

राशीफल साभार: हाम्रोपात्र

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article