दमक, झापा । झापाको कमल गाउँपालिका-६ गुवाबारीबाट प्रहरीले लागुऔषध खैरो हेरोइनसहित एक जनालाई नियन्त्रणमा लिएको छ। सोमबार दिउँसो करिब १:०० बजेको समयमा इलाका प्रहरी कार्यालय दमकबाट खटिएको विशेष प्रहरी टोलीले चेकजाँचका क्रममा ३२ वर्षीय लक्ष्मण राजवंशीलाई पक्राउ गरेको हो।


​विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले मे ११ प ६०५० नम्बरको मोटरसाइकललाई रोकी चालक राजवंशीको शरीर खानतलासी गरेको थियो। खानतलासीका क्रममा उनले लगाएको सर्टको दाहिने गोजीमा प्लास्टिकको सानो पोका बनाएर लुकाइराखेको अवस्थामा ३ ग्राम ४४० मिलिग्राम खैरो हेरोइन जस्तो देखिने पदार्थ फेला परेको प्रहरीले जनाएको छ।


​प्रहरीले राजवंशीको साथबाट लागुऔषधका अतिरिक्त विभिन्न दरका नेपाली नोट गरी कुल २२ हजार रुपैयाँ नगद, उनले प्रयोग गरेको मे ११ प ६०५० नम्बरको २२० सीसीको पल्सर मोटरसाइकल र एक थान रेडमी कम्पनीको मोबाइल समेत बरामद गरेको छ। पक्राउ परेका राजवंशीलाई बरामद गरिएका सामग्रीसहित इलाका प्रहरी कार्यालय दमकमा राखेर लागुऔषध नियन्त्रण ऐन अन्तर्गत थप अनुसन्धान प्रक्रिया अगाडि बढाइएको प्रहरीले जानकारी दिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार