हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता ५ महिना अगाडि

सभामुखमा डीपी अर्यालको उम्मेदवारी दर्ता, रवि लामिछाने प्रस्तावक


काठमाडौं । प्रतिनिधिसभाको सभामुख पदका लागि डीपी अर्याल ले उम्मेदवारी दर्ता गरेका छन्। उनी सिंहदरबार स्थित संघीय संसद् सचिवालय पुगेर उम्मेदवारी दर्ता गराएका हुन्।
अर्यालको उम्मेदवारीमा रवि लामिछाने प्रस्तावक रहेका छन्। यस्तै, समर्थकमा स्वर्णिम वाग्ले, सोबिता गौतम र सुनिल लम्साल रहेका छन्।

Advertisement

सभामुख निर्वाचन कार्यतालिका अनुसार शुक्रबार बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म उम्मेदवारी दर्ताको समय तोकिएको थियो। दर्ता भएका उम्मेदवारहरूको नामावली दिउँसो २ः३० बजे प्रकाशन गरिनेछ।

Advertisement

सभामुख चयनका लागि आइतबार (चैत २२) निर्वाचन हुने तय गरिएको छ।गत फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीले बहुमत हासिल गरेको थियो।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)