समाचार
हल्दिबारी संवाददाता ३ महिना अगाडि

इजरायल-अमेरिका–इरान द्वन्द्वमा ३८ नेपालीको मृत्यु, अमृत झा सकुशल

झापा । इजरायल, अमेरिका र इरानबीचको द्वन्द्वका कारण मध्यपूर्वका विभिन्न देशमा रहेका ३८ नेपाली नागरिकको मृत्यु भएको छ। परराष्ट्र मन्त्रालयले इरानमा पक्राउ परेका नेपाली नागरिक अमृत झा सकुशल रहेको जानकारी दिएको छ।

मन्त्रालयका प्रवक्ता लोकबहादुर क्षेत्रीका अनुसार झा हाल इरानको कारागारमा राखेर मुद्दा चलिरहेको छ र अदालतबाट निर्णय हुन बाँकी छ। उनका अनुसार, झा तनाव सुरु हुनु अघि नै पक्राउ परेका थिए।

विज्ञापन (Advertisement)Advertisement

मध्यपूर्वमा मृत्यु भएका नेपालीको शव स्वदेश ल्याउन ढिलाइ भइरहेको छ। प्रवक्ताका अनुसार रियादमा १७, दुबईमा १५, जेद्दामा ५, आबुधाबीमा ४, तेल अविवमा ३, कतारमा २, ओमान र बहराइनमा १–१ शव नेपाल ल्याउन बाँकी छ।


त्यस्तै, हालसम्म मध्यपूर्वमा भएको आक्रमणमा परी एक जना नेपालीको मृत्यु भएको र २१ जना घाइते भएको छ। अधिकांश घाइते सामान्य उपचारपछि फर्किएका छन्।

विज्ञापन (Advertisement) Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)