समाचार
हल्दिबारी संवाददाता ३ घण्टा अगाडि

प्रधानमन्त्रीद्वारा एनपीएलको तेस्रो संस्करण उद्घाटन

​काठमाडौँ । सम्माननीय प्रधानमन्त्री वालेन्द्र शाहले कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय (टियू) क्रिकेट मैदानमा आयोजना भइरहेको नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो सिजनको औपचारिक उद्घाटन गर्नुभएको छ।

​प्रधानमन्त्री शाहले उद्घाटन गरेसँगै आजदेखि टियू क्रिकेट मैदानमा एनपीएलको तेस्रो संस्करण औपचारिक रूपमा सुरु भएको हो।

​यसअघि, प्रधानमन्त्री शाहले आज बिहानै सामाजिक सञ्जालमार्फत एनपीएलको तेस्रो सिजनको सफलताको कामना गर्दै सहभागी टोली, खेलाडी तथा खेलप्रेमीहरूलाई शुभकामना व्यक्त गर्नुभएको थियो।

​देशभित्र क्रिकेट खेलको विकास र प्रवर्द्धनमा एनपीएलले महत्त्वपूर्ण योगदान पुर्‍याउँदै आएको छ। उद्घाटन समारोहमा क्रिकेट प्रेमीहरूको उल्लेख्य उपस्थिति रहेको थियो।

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)