समाचार
हल्दिबारी संवाददाता २ घण्टा अगाडि

हल्दिबारीमा मौलाउँदो जुवाजन्य धन्दा : स्थानीय प्रशासन किन मौन?

झापा । झापाको हल्दिबारी गाउँपालिका -२ स्थित पाराखोपी बजार क्षेत्रमा जुवाजन्य खेलहरू अनियन्त्रित रूपमा मौलाएका छन्। चाडपर्वका बेला सामान्य मनोरञ्जनका नाममा सुरु भएको यो विकृतिले अहिले ठूलो रूप लिएपछि स्थानीयवासीहरूले गम्भीर चिन्ता व्यक्त गरेका छन्।

​स्थानीयका अनुसार यस क्षेत्रमा दैनिक लाखौँदेखि करोडौँ रुपैयाँसम्मको हारजित हुने गरी ठूला जुवाका अखडा सञ्चालन भइरहेका छन्। खुलेआम चलिरहेका यस्ता अवैध गतिविधिहरूका कारण कयौँ परिवारको उठिवास हुने अवस्था सिर्जना भइसकेको पीडितहरूको गुनासो छ।

​कानूनविपरीतका यस्ता गतिविधिहरू दिनहुँ भइरहँदा पनि स्थानीय प्रशासन र सम्बन्धित सुरक्षा निकाय भने मौन बसेको भन्दै स्थानीय बासिन्दा आक्रोशित बनेका छन्। समाजमा शान्ति सुरक्षा खल्बलिने र पारिवारिक विखण्डन निम्त्याउने यस्ता अवैध धन्दाहरूले युवापुस्तालाई समेत गम्भीर असर पुर्‍याएको छ।

​स्थानीय बासिन्दाहरूले प्रशासनलाई तत्काल कडा कदम चाल्दै जुवाका अखडाहरू सञ्चालन गर्ने मुख्य व्यक्तिहरूमाथि कानुनी कारबाही अघि बढाउन माग गरेका छन्। यदि समयमै यसलाई नियन्त्रण नगरिए यसले अझ भयावह सामाजिक दुर्घटना निम्त्याउने निश्चित रहेको उनीहरूको चेतावनी छ।

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)