काठमाडौं । १३औं दक्षिण एसियाली खेलकुदमा बुद्धिबहादुर तामाङले साइक्लिङमा स्वर्ण पदक जितेका छन् । यससँगै जारी सागमा नेपालको स्वर्ण ३२ पुगेको छ।
बिहीबार गोकर्णमा भएको पुरुष क्रस कन्ट्रीमा बुद्धिबहादुरले १ घन्टा १९ मिनेट ८ सेकेण्डमा निर्धारित दुरी पार गरे ।
१ मिनेट १९.४० सेकेण्डमा दुरी पारे गरेका नेपालकै राजिभ राईले रजत र १ मिनेट २१.०० सेकेण्डमा निर्धारित दुरी पार गरेका ओकेशराज बज्राचार्यले काश्य जिते ।
१३ औं सागमा हालसम्मका स्वर्ण विजेताहरूः
१ मण्डेकाजी श्रेष्ठ – कराँते
२ सोनी गुरुङ – ट्रायथोलन
३ कमल श्रेष्ठ – तेक्वान्दो, पुम्से
४ निर्मला तामाङ, सरु कार्की, संगीता मगर – कराँते
५ सिना मादेन – तेक्वान्दो, पुम्से
६ मन्डेकाजी श्रेष्ठ, प्रवीण मानन्धर, महशुस तामाङ-कराँते
७ लक्ष्मण तामाङ – कराँते
८ पार्वती गुरुङ – तेक्वान्दो -पुम्से)
९ आयशा शाक्य – तेक्वान्दो -पुम्से)
१० विप्लवमान श्रेष्ठ – कराँते
११ कुसुम खड्का – कराँते
१२ आयशा शाक्य, सञ्जिवकुमार ओझा- टीम पुम्से
१३ अनु अधिकारी – कराँते
१४ निशा दर्नाल, स्वम्तिमा तामाङ, सञ्जिला तिमल्सिना-टीम पुम्से
१५ निता गुरुङ, प्रशंसा क्षेत्री, सुशीला राई- तेक्वान्दो -पुम्से)
१६ हिमाल टमटा – दुवाथोलन
१७ विजय सिञ्जाली – उसु -थाउलो)
१८ सुम्मिता तामाङ – उसु -थाउलो)
१९ नवीन रसाइली – कराँते
२० सन्तोषी श्रेष्ठ – एथ्लेटिक्स
२१ काजोल श्रेष्ठ – तेक्वान्दो
२२ वीरबहादुर महरा – तेक्वान्दो
२३ सुनिता महर्जन – तेक्वान्दो
२४ अनुपमा मगर – कराँते
२५ दीपक हमाल – उसु
२६ राजेश मगर – साइक्लिङ
२७ निस्मा श्रेष्ठ – साइक्लिङ
२८ संगिता बस्याल – तेक्वान्दो
२९ सक्षम कार्की – तेक्वान्दो
३० निमा घर्ती मगर – उसु
३१ लक्ष्मी मगर – साइक्लिङ
३२ बुद्धिबहादुर तामाङ – साइक्लिङ