हल्दिबारी डटकम
Hover Ad Article
स्वास्थ्य
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

विपि प्रतिष्ठान धरानमा १२ सक्रमित पुष्टी

देवेन्द्रकिशोर ढुंगाना झापा। बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा १२ जना मध्ये एनआइसियुका एक जना नर्स, सेन्ट्रल ल्याबको वायोक्यामेस्टिमा कार्यरत एक जना ४६ वर्षीय प्राविधिक, उनको १८ वर्षीय छोरा र १३ बर्षीया छोरी, अर्को २४ बर्षीया नर्स, प्रतिष्ठानको सर्जरी वार्डको हेल्परका ४१ बर्षीया श्रीमती गरी ६ जना छन् ।

Advertisement

यस्तै, प्रतिष्ठानको इ एरियामा आइसोलेट गरेर राखिएका एक बिरामीमा पनि कोरोना पोजेटिभ रिपोर्ट आएको छ । यसै गरी गाइनो वार्डमा पनि आइसोलेट गरेर राखिएको एक बिरामीमा पनि सङ्क्रमण पुष्टि भएको छ ।

Advertisement

सङ्क्रमण पुष्टि भएका बिरामीको कनट्र्याक्ट ट्रेसिङको क्रममा स्वाब लिइएका ४ जना कुरुवाको पनि पिसिआर रिपोर्ट पोजेटिभ आएको छ । यसअघि गाइनो वार्डमा २ जना महिलाको पिसिआर रिपोर्ट पोजेटिभ आएकोमा उनीहरूका ७ जना कुरुवाको स्वाब लिएर परीक्षण गरिएकोमा ४ जनाको रिपोर्ट पोजेटिभ आएको हो ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)