हल्दिबारी डटकम
Hover Ad Article
शिक्षा
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

शैक्षिक संस्था असोजबाट सुचारु

दिनेश कार्की  । कोरोना भाइरस (कोभिड–१९) का कारण चालू शैक्षिकसत्रको ५ महिना गुज्रिसकेपछि सरकारले १ असोजदेखि पठनपाठन सुरु गर्ने तयारी गरेको छ ।

Advertisement

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले वैकल्पिक विद्यार्थी सिकाइ निर्देशिका जारी गरी १ असोजदेखि पठनपाठन सुरु गर्ने तयारी गरेको हो । मन्त्रालयले सहजीकरण निर्देशिका र पाठ्यक्रम विकास केन्द्रले पाठ्यक्रमको समायोजन गर्दै छ ।

Advertisement

पाठ्यक्रम विकास केन्द्रले पाठ्यक्रमको समायोजन अन्तिम चरणमा पुगेको बताएको छ । विद्यार्थीलाई कम्तीमा ७० प्रतिशत सिकाउने गरी केन्द्रले समायोजन गर्दैै छ ।

‘विषय समितिले काम सकेको छ । कम्पाइल गरेर यो हप्ता मन्त्रालयमा बुझाउँछौँ’, केन्द्रका निर्देशक गणेशप्रसाद भट्टराईले भने ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)