हल्दिबारी डटकम
Hover Ad Article
शिक्षा
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

वन कार्ययोजना सम्बन्धी तालिम कचनकवलमा सम्पन्न

दक्षिणी झापाको कचनकवल गा.पा अन्तर्गत जलथल वन क्षेत्रभित्र पर्ने चारवटा दुर्गाभिटा , अभिमुक्तेश्वर,पाथिभरा र दिपज्योती सामुदायिक वनहरुलाइ दिएको कार्ययोजना सम्वन्धी २ दिने तालिम आज सम्पन्न भएको छ ।

Advertisement

कचनकवल स्थानिय महासंघको आयोजना तथा फरेस्ट एक्सन नेपालको सहयोगमा दुर्गाभिटा सामुदायिक वन समूहको हलमा सञ्चालित कार्यक्रममा १६ जनाको सहभागिता रहेको थियो । कचनकवल स्थानिय महासंघका अध्यक्ष भिम लुइटेलको अध्यक्षतामा भएको औपचारिक कार्यक्रममा प्रमुख अतिथि जिल्ला महासंघ झापा का अध्यक्ष बेदप्रकास भण्डारी, विशेष अतिथि सव डिभिजन कार्यालय जलथलका रेञ्जर दिपकसेन भण्डारी ,अतिथिहरु धनराज गुरुङ्ग, लिलाधर राजवंशी लगायत रहनुभएको थियो ।

Advertisement

गिरिराज नेपालले स्वागत मन्तव्य राखेको तालिममा रेञ्जर दिपकसेन भण्डारीले जैविक विविधताले भरिएको जलथल वनमा माइकेनियाको समस्या मुख्य रहेको बताउनु भएको थियो भने प्रमुख अतिथि भण्डारीले कार्ययोजना सम्बन्धी यो तालिम अत्यन्तै आवश्यक रहेको र सहभागीहरुको सक्रिय सहभागिता रहनुपर्ने धारणा राख्नुएको थियो ।

वन कार्ययोजना किन वनाईन्छ?? रुकसरी वनाईन्छ र?? , के के कुरा समावेश गर्नुपर्छ भनी सैद्धान्तिक तथा प्रयोगात्मक अभ्यास सहित फरेस्ट एक्सन नेपालका फिल्ड अधिकृत सञ्जय तामाङ्गले तालिम दिनुभएको थियो भने सहजिकरण देवीका अधिकारीले गर्नुभएको थियो ।

सहभागिहरुका तर्फवाट तिला भट्टराईले धेरै पहिलेवाट काम गरेपनि मुख्य कुरा भर्खर बुझेको र तालिम अत्यन्तै फलदायी रहेको धारणा राख्नुभयो भने श्यामराजा पुरीले अव बन्ने कार्ययोजना अहिलेको भन्दा उत्कृष्ट वनाउन यो तालिमले सहयोग गर्ने धारणा राख्नुभएको थियो , त्यस्तै पुष्पा कार्कीले वन स्रोत सर्वेक्षण सम्वन्धी यो तालिम छोटो भएको बताउनुभयो।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)