हल्दिबारी डटकम
Hover Ad Article
साहित्य
हल्दिबारी संवाददाता ५ वर्ष अगाडि

कबिता :ईर्ष्या

  • दयानन्द गोस्वामी

ईर्ष्याको जलनमा यहाँ
जले कैयन हस्ती हरू,

Advertisement

जलेर खरानी भयो यहाँ
हस्ती का ती अस्थिहरू,

Advertisement

अशेष प्रलोभ छ प्रचुर
जहाँ तरंगित मस्तिहरू,

हावभाव मा कति माधुर्यरु
सुमधुर छन उत्कण्ठाहरू,

कटाक्ष भरी शब्द शब्दमा
बेपरवाह छन् गतिविधिहरु,

शाति र छन् यहाँ मुर्ति पनि
मान्छेहरु त धुर्त हुने नै भए,

केवल आफ्नै स्वार्थ लिप्त
बेखबर छन् अरू प्रति जहाँ,

ईर्ष्या को जलनमा यहाँ
जले कैयन हस्ती हरू,

जलेर खरानी भयो यहाँ
हस्ती का ती अस्थिहरू,

उन्माद छन् मदमस्त भैकन
देख्दैनन् आफ्नो वरिपरि,

त्राहिमाम त्राहिमाम गर्दैछन्
जल्दैछन् गरिब बस्तीहरू,

तनिक पनि त करुणा छैन
उफान कसैको जीन्दगीमा,

माझीको ती झिनो गल्तीले
कति बेसहारा भए किस्तीहरू,

गरीबका तन,कोमल ग्रीवा
अतृप्त शुष्क छ मन पनि,

केवल सपनाहरु नै बाँडदै
हिंडदैछन् बिकाऊ श्रृष्टिहरू,

मनोमालिन्य आफु भित्र नै
स्वार्थ अटुट लिप्त छ जहाँ,

ईर्ष्या को जलनमा यहाँ
जले कैयन हस्ती हरू,

जलेर खरानी भयो यहाँ
हस्ती का ती अस्थिहरू।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)