धर्म
हल्दिबारी संवाददाता १ वर्ष अगाडि

पाउ पाथिभराकाे दर्शन संगै तपाईंको आजकाे राशिफल (२०८२/०३/१५ गते)

आज २०८२ साल असार १५ गते आईतबार, तपाईको राशिफल ।

Advertisement

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) पुराना कुरालाई लिएर घरपरिवारमा वादविवादको सम्भावना रहेको छ। कार्यक्षेत्रमा इष्टमित्रहरूको साथ र सहयोग मिल्नेछ। जग्गा जमिनबाट राम्रो लाभ आर्जन गर्न सकिनेछ। माताको कुरालाई वेवस्था नगर्नुहोस्। आजको शुभ रंग सुन्तला हो भने शुभ अंक २ रहेको छ।

Advertisement

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) कार्यक्षेत्रमा मेहनतको फल प्राप्त हुनेछ। बुध्दिको उपयोगले धन र विद्या आर्जन गर्न सकिनेछ। बोलिको भरमा चिताएको कार्य सम्पादन गर्न सकिनेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक ३ रहेको छ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) मनमिल्दो साथीसँग भेटघाटले मन उत्साहित रहनेछ। अरुको लागि बुद्धि र श्रम खर्च गर्नुपर्ला। व्यापारबाट लाभ आर्जन गर्न सकिनेछ। आजको शुभ रंग हल्का सेतो हो भने शुभ अंक ५ रहेको छ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) धर्म कर्ममा रुचि बढ्नेछ। विद्यार्थीहरूको तर्कशक्तिमा वृद्धि हुनेछ। कानुनी मामलाहरू सुल्झिनेछन्। स्वास्थ्य सबल रहनेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक ७ रहेको छ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) आयआर्जनका नयाँ स्रोतहरू निर्माण हुनेछन्। आर्थिक पक्ष सबल रहनेछ। घरमा गृहिणीहरूलाई जीवनसाथी बाट उपहार मिल्ला। आजको शुभ रंग सुन्तला हो भने शुभ अंक ७ रहेको छ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) समाजमा मान प्रतिष्ठा बढ्नेछ। महत्त्वपूर्ण कार्यको थालनीमा घर परिवारमा सल्लाह अवश्य लिनुहोला। व्यापार व्यवसायमा मनग्य लाभ प्राप्त हुनेछ। आजको शुभ रंग खैरो हो भने शुभ अंक ९ रहेको छ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आसमर्दो कार्य बन्नाले नयाँ कार्यप्रति जिम्मेवारी बढ्नेछ। आत्मविश्वासमा वृद्धि हुनेछ। आफ्नो समूह र समुदायलाई नयाँ विचार दिने समय रहेको छ। आजको शुभ रंग निलो हो भने शुभ अंक १ रहेको छ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) भाग्यले कार्यक्षेत्रमा नयाँ अवसरहरू दिलाउनेछ। विपरीत परिस्थितिमा बुद्धि र विवेकको प्रयोग गरेर निर्णय लिनुहोला। स्वास्थ्यमा ध्यान दिनुहोला। यात्रा सुखदाई रहनेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक ७ रहेको छ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) वैदेशिक रोजगारमा सफलता मिल्नेछ। प्रशासनिक वा राज्यपक्षबाट सोचेजस्तो सहयोग प्राप्त नहोला। स्वास्थ्यलाई लिएर आहारविहारमा ध्यान दिनुहोस्। आजको शुभ रंग आकाशे हो भने शुभ अंक १ रहेको छ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) आफन्त हरूको मध्य रमाइलो समय बित्ला। पहिला गरिएका कार्यको प्रशंसा हुनेछ। दाम्पत्य जीवन र प्रेम सम्बन्ध सुमधुर रहनेछ। पिताको स्वास्थ्यलाई लिएर चिन्ता रहनेछ। आजको शुभ रंग हरियो हो भने शुभ अंक ३ रहेको छ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) साझेदारी व्यापारमा लाभ रहनेछ। राजनीतिक क्षेत्रमा प्रभाव बढ्नेछ। काममा उत्साह र गति आउनेछ। सामूहिक गरिने कार्यबाट फाइदा मिल्नेछ। आजको शुभ रंग कलेजी हो भने शुभ अंक ७ रहेको छ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) पारिवारिक सद्भाव बढ्नुका साथै नयाँ कार्य प्रारम्भ गर्नको लागि उपयुक्त समय रहेको छ। बोलिको प्रभावले आँटेका कार्य सिद्ध गर्न सकिनेछ। आयस्रोत सबल रहनेछ। आजको शुभ रंग हरियो हो भने शुभ अंक ७ रहेको छ।

राशीफल साभार: हाम्रोपात्र

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article