समाचार
हल्दिबारी संवाददाता १ दिन अगाडि

भोटेकोशी बाढी: ७९ सुरक्षाकर्मी बेपत्ता, ९ जनाको शव फेला

झापा । भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण नदी तटीय क्षेत्रमा खटिएका ७९ जना सुरक्षाकर्मी बेपत्ता भएका छन्। बुधबार प्रतिनिधि सभाको बैठकमा सरकारका तर्फबाट जानकारी गराउँदै परराष्ट्रमन्त्री शिशिर खनालले बाढीका कारण ठूलो सङ्ख्यामा सुरक्षाकर्मी र सर्वसाधारण बेपत्ता भएको बताएका हुन्।

Advertisement

​प्रतिनिधि सभा बैठकलाई सम्बोधन गर्दै मन्त्री खनालले बाढी प्रभावित तटीय क्षेत्रबाट ४४ जना नेपाल प्रहरी, ९ जना सशस्त्र प्रहरी र २४ जना नेपाली सेना गरी कुल ७९ सुरक्षाकर्मी सम्पर्कविहीन भएको जानकारी दिए। बाढी प्रभावित विभिन्न स्थानबाट हालसम्म ९ जनाको शव फेला परेको र उनीहरूको सनाखत गर्ने कार्य भइरहेको उनले बताए।

Advertisement

​तटीय क्षेत्रका नागरिकहरू पनि बेपत्ता भएको खबर प्राप्त भए पनि क्षतिको प्रारम्भिक विवरण आउने क्रम जारी रहेकाले वास्तविक सङ्ख्या यकिन हुन नसकेको सरकारले जनाएको छ। बाढीका कारण रसुवा, नुवाकोट र धादिङ लगायतका क्षेत्रमा यातायात, बैंकिङ सेवा र अन्य भौतिक संरचनामा गम्भीर क्षति पुगेको छ।

​बाढी प्रभावित क्षेत्रमा उद्धार कार्यलाई तीव्रता दिइएको र थप सुरक्षा टोली परिचालन गरिएको छ। उद्धार गरिएका घाइतेहरूको निःशुल्क उपचार गर्ने निर्णय सरकारले गरेको छ भने आवश्यक परेमा हेलिकप्टरको प्रयोग गरी उद्धार र राहत सामग्री वितरण गरिने परराष्ट्रमन्त्री खनालले जानकारी दिएका छन्।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article